धनगढी–दिपायल द्रतमार्गमा धमाधम कालोपत्र गर्न सुरु

२२ चैत्र २०८०, बिहीबार १५:००

काठमाडौं । धनगढी– खुटिया–विपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । उक्त सडक अन्तर्गत धनगढी –स्याउलेखण्डमा कालोपत्र गर्ने काग अगाडी बढाएको हो ।

सडक निर्माणका लागि चालु आर्थिक वर्षमा संघिय सरकारले २५ करोड रुपैयाँ विनियोजन गरेपछि कालोपत्रको काम पनि प्रारम्भ गरिएको छ । उक्त सडकखण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न हुने गरी धमाधम काम कारबाही भैरहेको छ । डोटीबाट चुनाव जितेर संघिय प्रतिनिधी बनेका प्रेम आलेले उक्त योजनालाई चुस्त दुरुस्त रुपमा अगाडी बढाउन समेत सम्बन्धित निर्देशन दिएका छन् ।

धनगढी–स्याउले सडकखण्डको १३ दशमलव ४ र दिपायलको तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ साल वैशाखमा सम्झौता भएको थियो । हाल डोटीको दिपायल तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र भइरहेको छ । आयोजनाअन्तर्गत कैलालीमा ८० प्रतिशत र डोटीमा ६५ प्रतिशत कालोपत्रको काम पूरा भएको छ।

धनगढी–स्याउले सडक खण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभीसँग २०७८ मा पिपलचौतारादेखि स्याउले महेन्द्र राजमार्गभन्दा तीन किलोमिटर अगाडि १३ दशमलव ४ किलोमिटरमा कालोपत्र गर्न भ्याटबाहेक रु १६ करोड ४० लाखमा सम्झौता भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*