२१ प्रतिशतले बढ्यो रेमिट्यान्स, ८ महिनामा साढे ९ खर्ब भित्रियो

२२ चैत्र २०८०, बिहीबार १७:०२

काठमाडौं । नेपालमा भित्रने रेमिट्यान्स २१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो ।

चालु आर्थिक वर्षको ८ महिनामा नेपालमा भित्रने रेमिट्यान्स २१ प्रतिशतले बढेर ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव ३ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८।८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४।८ प्रतिशतले बढेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*