मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

६ आश्विन २०८३, मंगलवार ०८:५९

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको असोज ५ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । कम्पनीका अनुसार प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा आगामी पाँचौँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ ।

कम्पनीको चुक्ता पुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँ रहेको छ । सो पुँजीको १५ प्रतिशत बराबर १२ करोड ९० लाख ९९ हजार रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ । यसबापत ६७ लाख ९४ हजार ६८४ रुपैयाँ नगद लाभांश वितरण हुनेछ ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूमा वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*