प्रिमियममा आइपीओ जारी गर्न लागेको मारुती सिमेन्टको व्यापार खस्किदो

२३ चैत्र २०८०, शुक्रबार ११:३८

काठमाडौँ । मारुती सिमेन्टको व्यापार पछिल्लो समय निरन्तर खस्किरहेको छ । सन् २०२२ तुलनामा सन् २०२३ मा कम्पनीको ७२ करोड ७० लाख रुपैयाँको व्यापार गायब भएको छ ।

कम्पनीले सन् २०२३ मा ४ अर्ब २४ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन सन् २०२२ को भन्दा १४.७४ प्रतिशतले कम हो । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडका अनुसार कम्पनीले २०२२ मा ४ अर्ब ९७ करोड रुपैयाँ व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२१ मा ६ अर्ब ८६ करोड, सन् २०२० मा ५ अर्ब ६३ करोड र सन् २०१९ मा ७ अर्ब ५० करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । पछिल्ला वर्ष कम्पनीको मुनाफा निरन्तर ओरालो लागि रहेको छ ।

कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा २७७ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ३७७ रुपैयाँमा शेयर निष्कासन गर्न अनुमति माग गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ करोड १६ लाख कित्ता बराबरको कुल ३ अर्ब २१ करोड ३२ लाख रुपैयाँको आइपिओ निष्कासनको गर्नेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*