साढे २ लाख रुपैयाँ स्कुटरमा राखेर खाजा खान जाँदा चोरी

२३ चैत्र २०८०, शुक्रबार १२:३५

काठमाडौं। साढे २ लाख रुपैयाँ काठमाडौंमा स्कुटरमा राखेको झोलाबाट चोरी भएको छ।

काठमाडौं महानगरपालिका–२४ मखन गल्लीमा पार्किङ गरि राखेको स्कुटरबाट नगद २ लाख ४० हजार रूपैयाँ बिहीबार बेलुका चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
दोलखा शैलुङगेश्वरी गाउँपालिका–४ घर भएका ३३ वर्षीय जित बहादुर खवासले प्रदेश ३–०२–००४–प २८३८ नम्बरको स्कुटर पार्किङ गरी चिया खान गएको अवस्थामा स्कुटरको अगाडि राखेको झोलाबाट उक्त नगद चोरी भएको भन्दै उजुरी दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*