किन गुहार मागे रविले बालेनलाई ?

२३ चैत्र २०८०, शुक्रबार १७:४९

काठमाडौं । आफ्नै पत्नी सहकारी ठगि काण्डमा मुछिएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई हारगुहार गरेका छन् । हालसम्म बालेनलाई भेट्न कुनै वास्ता नगरेका गृहमन्त्री लामिछानेले बुधबार महानगरको सहकारी विभागले ‘रवि पत्नी’ निकिता पौडेल उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा छापा मारेर सफ्टवेयर तथा कागजात जफत गरेकै भोलिपल्ट मेयर बालेनलाई आफ्नै कार्यकक्षमा भेटेर हारगुहार गरेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीबाट यसअघि उन्मुक्ति दिलाए पनि महानगरको सहकारी विभागले छापा हानेर सफ्टवेयर र ऋणीहरूको सूची नियन्त्रणमा लिएको थियो । निकिता उपाध्यक्ष रहेको सहकारीले बचतकर्ताको रकम फिर्ता नदिएको र अपचलन गरेको उजुरीपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसबारे महानगरसँग जानकारी मागेको र उक्त प्रयोजनका लागि महानगरले छापा मारेर कागजात जफत गरेको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी तथा समर्थकहरुले बालेनसँगको भेटमा दुई जनाबीच ठमेललगायत क्षेत्र २४सै घण्टा खोल्ने विषयमा छलफल भएको भनी बताए पनि सहकारी ठगि प्रहरणले श्रीमती र आफू अप्ठेरोमा पर्ने देखिएपछि एकाएक काठमाडौंका मेयरसँग भेट गरेको बताइन्छ ।

मेयर बालेनसँगै गृहमन्त्रालय पुगेकाहरुका अनुसार प्रोटोकल्ली तथा व्यवहारतः महानगर प्रमुखसँग गृहमन्त्रीको भेट जरुरत थिएन । तर, अकस्मात भएको भेटले आफुहरु नै अलमल्ल परेको उनीहरुले सुनाए । वुधबार मात्रै मेयर बालेनले उपत्यकाको फोहोर व्यवस्थापनलगायत विषयमा सहरी विकासमन्त्रीसँग भेट गरेका थिए ।

कतिपयले दोहोरो नागरिकता र पासपोर्ट प्रकरणबाट जोगिन जसरी रविले हठात् सरकारलाई समर्थन गरेर चर्चा बटुलेका थिए त्यसरी गएको महिना सीआईबीले उनी संलग्न सहकारी संस्थाको रकम अपचलन प्रकरणमा तान्न खोजेपछि एकाएक प्रचण्ड नेतृत्व सरकारलाई समर्थन गर्न पुगेको भनी अथ्र्याएका छन् । फेस सेभ गर्न उनी जे पनि गर्न तयार हुने भन्दै उनकै सहयात्रीहरुले समेत आलोचना गर्न थालेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*