आइतबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

२५ चैत्र २०८०, आईतवार १०:५७

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

आज मात्र सुन तोलामा दुई हजार ९०० रुपैयाँले बढेको हो । आइबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेको छ । आज चाँदि प्रतितोला १ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*