सगरमाथा लुम्बिनी (सलिको)मा भत्ता बढाउने अध्यक्ष मनोहरदास मुलको प्रस्ताव बार्षिक साधारणसभाबाट अस्वीकृत

२७ चैत्र २०८०, मंगलवार १७:५९

काठमाडौं । सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहरलाल दासमाथि सञ्चालकहरुले गम्भिर आरोप लगाएका छन् । आज सम्पन्न सलिकोको २७ औं बार्षिक साधारणसभामा शेयरधनीहरुले अध्यक्ष मनोहरदास मुलमाथि गम्भिर आरोप लगाएउँदै होहल्ला गरेपछि सञ्चालक समितिको भत्ता बृद्धि गर्ने प्रस्ताव फिर्ता लिइएको छ ।

आजको बार्षिक साधारणसभामा कम्पनीको सञ्चालक समितिले लाभांश वितरण गर्ने प्रस्ताव राखेका थिएन । आव २०७९।८० को बार्षिक वित्तिय विवरण पारित गर्ने प्रस्तावका साथै सञ्चालक समितिको बैठक भत्ता ५० प्रतिशत बढाउने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि शेयरधनीहरुले कत्ता आपत्ति जनाउँदै होहल्ला गरेपछि अध्यक्ष मुलले सञ्चालक समितिको बैठक भत्ता बढाउने प्रस्ताव फिर्ता लिने निर्णय गरेपछि बल्ला शान्त भएको थियो ।

आजको बैठकमा कम्पनीले लाभांश दिन सक्ने तर सञ्चालक समितिका सदस्यहरुको भत्ता बढाउने निर्णय गलत र शेयरधनीलाई मार्ने काम भएको भन्दै चर्को विरोध भएको थियो । आजको बैठकमा बोल्ने अधिकांश शेयरधनीहरुले अध्यक्षसहित सञ्चालकहरुको बैठक भत्ता बढाउने प्रस्तावको विरुद्धमा आएपछि अध्यक्ष मुलले आजको बार्षिक साधारणसभाबाट बैठक भत्ता बृद्धि गर्ने प्रस्ताव फिर्ता लिने निर्णय गरेका थिए ।

गत आवमा कूल ५७ लाख १८ हजार रुपैयाँ सञ्चालक समितिको बैठक भत्ता र तलव (स्टेशनरी, सञ्चारको नाममा) रकम लिएका सञ्चालकहरुले यस वर्ष बढाउने निर्णय गर्न लागेका थिए । चालु आवबाट बैठक भत्ता ५० प्रतिशत बृद्धि गर्ने प्रस्ताव साधारणसभामा ल्याइएको थियो । भत्ता बढाउने निर्णय रोकिँदा करिब ३० लाख रुपैयाँ बचत हुन पुगेको छ ।

बार्षिक साधारणसभामा बोल्ने अधिकांश शेयरधनीहरुले अध्यक्ष मूलका विरुद्धमा मन्तव्य राखेका थिए । अध्यक्ष मनोहरदास मुलले शेयरधनीहरुको प्रश्नको जवाफ दिँदै आगामी वर्षमा डबल डिजिटमा लाभांश दिने प्रतिबद्धता जनाएका थिए । तर, उता, कम्पनीको बक्यौता दावी भुक्तानी र विवादित दावी भुक्तानीका कारण आगामी वर्ष पनि लाभांश दिन सक्छ कि सक्दैन भनेर अहिले नै यकिन गर्न सकिने अवस्था भने नरहेको बताइन्छ ।

शेयरधनीहरुले अध्यक्ष मूलको चर्को विरोध गरेपनि अन्ततः उनै मूलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेका छन् । उक्त कम्पनीमा लुम्बिनी समुह र सगरमाथा समुहले यस वर्ष निर्वाचन नलड्ने र पुरानै कार्य समितिलाई अघि बढाउने निर्णय गरेर सर्वसम्मत निर्वाचन सम्पन्न गरेको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*