लोकसेवा आयोगद्वारा देशैभरका १३ स्थानमा आवेदन खुला, क–कस्ले भर्न पाउँछन् आवेदन?

२८ चैत्र २०८०, बुधबार १०:४६

काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहका पदका लागि देशैभरका १३ स्थानबाट आवेदन खुलाएको छ । आयोगले आ.प्र., खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

लोक सेवा आयोगको कार्यायले धनकुटाले चार जना, इलामले छ जना, खोटाङले नौं जना, काठमाडौंले ३१ जना, हेटौंडाले १४ जना, पोखराले २९ जना, बागलुङले तीन जना, बुटबलले चार जना, दाङले १२ जना सुर्खेतले दुई जना, जुम्लाले नौं जना, दिपायलले चार जना र महेन्द्रनगरले १५ जनाको लागि आवेदन खुलाएको हो ।

तोकिएको न्यूनतम योग्यता भएको इच्छुक नागरिकले आवश्यक कागजातसहित आयोगको अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम मिति वैशाख १८ गते रहेको छ । दोब्बर दस्तुर तिरी वैशाख २५ गतेसम्म आवेदन दिन मिल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*