आज देशभर सार्वजनिक बिदा

२९ चैत्र २०८०, बिहीबार ०६:३८

काठमाडौं । सरकारले आज (चैत्र २९ गते) देशभर सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सार्बजनिक बिदा भएसँगै आज बैंक, बीमा, नेप्से लगायत अन्य सम्पूर्ण प्रशासनिक क्षेत्र बन्द रहने भएको छ । यससँगै हिजो (चैत्र २८ गते)को शेयर कारोबार नै यो वर्षको अन्तिम कारोबार भएको छ । अब शेयरबजार वैशाख २ गतेमात्र खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*