हकप्रद निष्काशन प्रस्ताव पारित गर्दै सानिमा जिआईसीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

२९ चैत्र २०८०, बिहीबार १५:२१

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा अमृतभोग कालिकास्थान काठमाडौंमा आज सम्पन्न भएको हो ।

सभाले कम्पनीको छैठौ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

कम्पनीको लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९।०८० आषाढ मसान्तको वासलात, साउनदेखि २०८०।०३।३१ गते सम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

सभाले साविक जनरल इन्स्योरेन्स कम्पनी नेपालको लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९।०८० को वासलात, मिति २०७९ साउन देखि २०७९ र ०७।०६ गते सम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०।०८१ को लागि वाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र वर्तमान लेखापरीक्षक कानूनत पुनः नियुक्त हुन योग्य रहेको प्रस्ताव पारित गरेको छ ।

सभाले संचालक समितिबाट मनोनित स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको जारी पूँजी तथा चूक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, कम्पनीको चुक्ता पूँजी रुपैयाँ २ अर्बको २५ प्रतिशत बराबर रु ५० करोडको हकप्रद शेयर जारी गर्ने, कम्पनी ऐनको दफा १०५ को उपदफा १ (ग) बमोजिम आर्थिक वर्ष २०७९।०८० मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*