२०८१ सालको पहिलो कारोबारको दिन घट्यो सुनचाँदी मूल्य, प्रतितोला कति ?

२ बैशाख २०८१, आईतवार १०:३७

काठमाडौँ । २०८१ सालको पहिलो कारोबारको दिन सुनको मूल्य ओरालो लागेको छ । चैतको अन्तिम कारोबारको दिन हालसम्मकै उच्च मूल्यमा रहेको सुन आज भने घटेको हो ।

बैशाख २ गते अर्थात आइतबार सुन तोलामा दुई हजार २०० रुपैयाँले घटेको हो । आज छापावाला सुनको मूल्य एक लाख ३६ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा ५० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*