डिश मिडियाको सीइओमा तारा मानन्धर नियुक्त

३ बैशाख २०८१, सोमबार १६:५७

काठमाडौँ । डिश मिडिया नेटवर्कले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा तारा मानन्धर नियुक्त गरेको छ । आज अर्थात बैशाख ३ गतेदेखि कार्यभार सम्हाले गरी उनलाई सीइओ जिम्मेवारी दिएको हो ।

२५ वर्ष भन्दा वढी समय बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका मानन्धर अब फरक क्षेत्रको व्यवस्थापनको भूमिकामा आएका हुन् । उनी युएईको मस्रेक बैंकको लागि नेपालको नायब प्रतिनिधि थिए । त्यसअघि प्राइम कमर्शियल बैंक, मुक्तिनाथ विकास बैंक र प्रभु बैंकको उच्च तहमा थिए ।

उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*