कर संकलनका लागि ८/९ वर्ष पुराना फाइल खोतल्दै आन्तरिक राजस्व कार्यालय, कम्पनीहरु मार्कामा

५ बैशाख २०८१, बुधबार १४:४२

काठमाडौँ । राजस्व कम उठेपछि आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरले स–साना कम्पनीका पुराना फाइल खोतल्दै गएको छ । विभिन्न ३० वटा कम्पनीहरुसँग ८/९ वर्ष पुराना फाइल माग्दै झमेलामा पार्ने थालेको हो ।

मंगलबार राजस्व कार्यालयले ३० कम्पनीलाई पत्र पठाउँदै कर निर्धारण हुनु नपर्ने ठोस प्रमाण तथा कागजात पेस गर्न निर्देशन दिएको हो । समयमै राजस्व संकलन गर्ने नसक्ने राजस्व कार्यालय पुराना कागजात माग गरी कम्पनीहरुबाट कर संकलन गराइ दुख दिने रणनीति लिएको छ । पुराना कागजात कम्पनीले पेश गर्ने नसक्ने कुराको मौका छोप्दै राजस्व कार्यालयले यस्तो निर्देशन दिएको हो ।

कार्यालयले आयकर ऐन, २०५८ को दफा १०१ को उपदफा ४ मा तथा मूल्य अभिबृद्धि कर ऐन, २०५२ को दफा २० को उपदफा (४क) बमोजिम ३० कम्पनीहरुलाई कर निर्धारण हुनु नपर्ने कुनै ठोस प्रमाण तथा कागजात भए १५ दिन भित्र संकलन गर्ने भनेको हो ।

आयकर ऐन, २०५८ को दफा १०१ को उपदफा ४ मा भनेको छ ‘जालसाजीले गर्दा कुनै व्यक्तिको कर निर्धारण गलत ढङ्गबाट भएको रहेछ भने जुनसुकै बखत विभागले त्यस्तो कर निर्धारणमा संशोधन गर्न सक्नेछ । यसरी संशोधन गर्दा जालसाजी गरी विवरण राखेको वा कर निर्धारण गरेको जानकारी प्राप्त भएको एक वर्षभित्र संशोधन गरिसक्नु पर्नेछ’

ऐनको सोहि दफालाई टेको लिदै राजस्व कार्यालयले कम्पनीबाट जसरी भएपनि पुराना फाइल खोल्दै कर संकलन गर्ने थालेको हो । सरकारको लक्ष्य अनुसारको राजस्व संकलन भइरहेको छैन । सरकार तहबाट बेला बेला राजस्व कार्यालयलाई कर संकलन गर्ने निर्देशन दिइरहेको छन् । सोहि निर्देशनलाई पालना गर्न राजस्व कार्यालयले पुराना कागजात माग्दै स–साना कम्पनीहरुलाई दुख दिने खेल खेलेको छ ।

अर्बौ राजस्व छलि गर्न ठुला नाइकेहरुलाई करको दायरमा ल्याउन नसक्ने राजस्व कार्यालय स–साना कम्पनीहरुबाट पुराना–पुराना कागजात संकलन गर्दै राजस्व संकलनको बाटो अपनाइ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*