दुबईको बाढीमा उठ्यो बीमाको एजेण्डा, पानीमा डुबेका गाडी मर्मतको लागि बीमा दावी नपाउन सक्ने

५ बैशाख २०८१, बुधबार १५:१८

काठमाडौं । दुबईमा निरन्तर दुई दिनदेखिको भिषण बर्षाको कारण हजारौं सवारी साधनहरु पानीमा डुब्न पुगेका छन् । पानीमा डुबेका सवारी साधनहरु बिग्रिएको अवस्थामा त्यसको भार बीमा कम्पनीमाथि पर्ने कि नपर्ने बहस सुरु भएको छ । केही पुनर्बीमा ब्रोकर कम्पनीहरुले निश्चित शर्तहरु पालना नगरेको अवस्थामा पानीमा डुबेर मर्मतका लागि लैजाने सवारी साधनले बीमा दावी नपाउने दुबईको खालिज टाइम्सले जनाएको छ ।

कम्पनीले यस अवस्थालाई मध्यनजर गर्दै बीमितहरुलाई केही निश्चित मापदण्ड बनाईदिएको छ । सो मापदण्ड विपरित रहेर बीमा दाबी गरेको खण्डमा कम्पनीले भुक्तानी नदिने भन्दै सजग रहन आम बीमितहरुलाई आग्रह समेत गरेका छन् ।

भौगोलिक बनावट र संरचनाको आधारमा बनाइएको दुबईको बीमा योजनामा रक्षावरणभन्दा बाहिर गई क्षती भएको कारण समावेश नहुने भएको बीमा कम्पनीका सिईओहरुको धारणा रहेको छ ।

संसारभर नै बीमाको सिद्धान्त अनुसार बीमाको रक्षावरण क्षेत्र बाहिर परेको बिषयमा आफूहरुले जोखिम रक्षावरण नगर्ने बीमा कम्पनीहरुको धारणा रहेको छ । गाडीको वाइपरहरू बिग्रिएको पाइयो र पार्किङ र डुबेको पानीमा रहेको गाडीको अवस्थामा रिक्स कभर गर्न नसकिने उनीहरुले बीमितलाई जानकारी दिएका छन् । यसबाहेक बाढीबाट भएको स्थानमा बलजबस्ती गाडी लगेमा पनि कम्पनीले त्यस्को अवस्था हेरेर बीमा दाबी रोक्ने समेत जानकारी दिएको छ ।

युनिट्रस्ट इन्स्योरेन्स ब्रोकरका कार्यकारी निर्देशक मोइन उर रहमानले मोटरसाइकल चालकलाई कार र बाइकको बीमा सम्झौतापत्र अनुसार मात्र रिक्स कभर हुने बताएका छन् । कार्यकारी निर्देशक मोइन उर रहमानले भने, “कार पार्किङ स्थलमा पार्किङ गरेको र भारी वर्षापछि बाढी आएर सवारी साधन मर्मतका लागि ग्यारेजमा लगेमा मर्मतसम्भार बीमाले कभर गर्नेछ ।

यदि उक्त स्थानमै बीमितले डुवान रहेको क्षेत्रमा इन्जिन खोल्ने प्रयास गरे तर इन्जिन बिग्रियो भने बीमा कम्पनीले दाबी अस्वीकार गर्न सक्छ,’ रहमानले खालिज टाइम्सलाई भनेका छन् । साथै, वर्षामा बाढीले डुबानमा परेका सडकमा सवारी चालकले जानाजानी चलाएमा पनि बीमा कम्पनीले दाबी नदिने जानकारी दिएको छ ।

दुबईका बीमा कम्पनीहरुले जमेको ठाउँमा गाडी चलाउँदा होसियार रहन आग्रहसमेत गरेको छ । दुबईको सडक तथा यातायात प्राधिकरणले सवारी साधनलाई पानीको पोखरीमा नफस्न निर्देशन दिँदै मानिसहरूलाई मेट्रो प्रयोग गर्न र व्यक्तिगत सवारीसाधनबाट टाढा रहन सल्लाह दिएको छ ।

बीमा कम्पनीका सीईओ अविनाश बाबरले बीमा गरिसकेपछि सम्पूर्ण सवारी साधनको वेवास्ता गर्दै दाबी पाउने भन्दै लापरवाही गर्नेहरुलाई सम्झौतापत्र हेर्न समेत आग्रह गरेका छन् ।

आइतबार र सोमबार ओमानको विभिन्न क्षेत्रमा अचानक आएको बाढीका कारण कम्तीमा १७ जनाको मृत्यु भएको ओमानको राष्ट्रिय विपद् व्यवस्थापन समितिले बताएको थियो । देशको विविध हिस्सामा भारी वर्षा जारी छ । मौसम बुधबारसम्म खराब रहने बताइएको छ । गएको वर्ष पनि नोभेम्बरमा दुबईमा मुसलधारे वर्षाका कारण सहर बाढीमा डुबेको थियो । स्थिति बिग्रदै गएपछि अधिकारीहरूले सर्वसाधारणलाई समुद्रको किनारमा जानै रोक लगाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*