सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा अवरुद्ध

५ बैशाख २०८१, बुधबार १७:५३

काठमाडौँ । सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । आज दिउँसोबाट टेलिकमका सबै सेवाहरू प्रभावित भएका हुन् ।

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय अत्तरियाका अनुसार बर्दियाको भुरिगाउँमा फाइबर काटिएको बताइएको छ । फाइबर काटिनुको कारण नखुलेको र टेलिकमको प्राविधिक समूह भुरिगाउँ गइरहेको छ ।

फाइबर काटिएको ठाउँ पत्ता लगाएपछि मात्र समस्याको बारेमा खुल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*