बाँकेको बाहुबली हर्बल उद्योगमा भीषण आगलागी

६ बैशाख २०८१, बिहीबार १०:४७

काठमाडौं । बाँकेमा रहेको एक जडीबुटी प्रशोधन केन्द्रमा आगलागी भएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नं ६, पिप्रहवास्थित जडीबुटी प्रशोधन केन्द्रमा बिहीबार बिहानदेखि आगलागी सुरु भएको हो ।

जडीबुटी प्रशोधन गर्ने बाहुबली हर्बल उद्योग प्रालिको परिसरमा राखिएका सल्लाको खोटो तथा दाउरामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बिहीबार बिहान अन्दाजी ७ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी सुरु भएको प्रहरी कार्यालयले जनाएको छ ।

नेपालगन्ज विमानस्थलको दमकललगायत बाँकेका विभिन्न पालिकाका गरी ६ वटा, जिल्ला प्रहरीको वाटर क्यानल, बर्दियाका विभिन्न स्थानीय पालिकाका ३ वटा, रुपैडिहा भारतको एक गरी ११ वटा दमकलबाट आगलागी नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय बाकेले जानकारी दिएको छ ।

आगो नियन्त्रणको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले प्रयास गरिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*