कर्मचारीलाई तलब खुवाउने वहानामा बेचियो कुमारीपाटीको ऐतिहासिक पोखरी

९ बैशाख २०८१, आईतवार १७:४४

काठमाडौं । ललितपुरको कुमारीपाटीमा ऐतिहासिक तः पुखु मासेर व्यक्तिले घर बनाएका भेटिएको छ । २०२१ सालको नापीमा पोखरी कायम रहेको उक्त सरकारी जग्गा २०५० सालको नापीमा नेपाल सरकारको नाममा आएको. रेकर्ड ललितपुर मालपोत र नापी कार्यालयमा भेटिएको हो ।

२०५० पछि पोखरी मासेर सिमिति व्यक्तिहरुको नाममा नामसारी भएको भेटिएको सम्पदा संरक्षणकर्मीहरुले बीमापोस्टलाई जानकारी दिए । तः पुखु कित्ताकाट भएर व्यक्तिका नाममा दर्ता गरिनुको पछाडि तत्कालीन मेयर वुद्धिराज बज्राचार्य संलग्न रहेको तथ्य समेत खुलेको छ ।

उनी ललिपुर उपमहानगरको मेयर हुँदा पोखरी बेचेर कर्मचारीलाई तलब खुवाएका थिए । पञ्चायतकालमा लगातार २५ वर्ष प्रधानपञ्च चलाएका वुद्धिराज बहुदल आएपछि एमालेबाट मेयर निर्वाचित भएका थिए । अहिले आफुलाई सम्पदा संरक्षणकर्मी भनेर चिनाउने वुद्धिले सम्पदा जोगाउने भन्दा मास्नेतिर बढी योगदान दिएको अभियन्ताहरुको आरोप छ ।

सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा पर्यटनमन्त्री समेत भएका बुद्धिले हालै मात्रै भारतीय दूतावासको सहयोग लिएर ५-६ वटा बौद्ध विहार निर्माण गरेका छन् । तर, त्यसको स्थापना, निर्माण र खर्चबारे उनी कसैलाई जानकारी दिँदैनन् । कतिपय विहार अहिले पनि निर्माणाधीन छन् ।

सम्पदा संरक्षणका नाममा त्यसको मौलिकता र ऐतिहासिक मूल्य मान्यता मास्ने कार्यमा वुद्धिको वुद्धि बढी नै चल्ने गरेको एक नागरिक अगुवाले बीमापोष्टलाई बताए । ती नागरिक अगुवाका अनुसार पोखरी मात्र नभई वुद्धिराजले थुप्रै फल्चाहरु व्यक्तिलाई जिम्मा लगाएको भेटिन्छ । यसबारे तत्कालीन मेयर एवं पूर्वमन्त्री बज्राचार्यसँग कुरा गर्न खोज्दा सम्पर्कमा आएनन् ।

One thought on “कर्मचारीलाई तलब खुवाउने वहानामा बेचियो कुमारीपाटीको ऐतिहासिक पोखरी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*