१६ रोपनीमा फैलिएको ऐतिहासिक पोखरीमाथि कसरी बने आलिशान महल ?

१० बैशाख २०८१, सोमबार १६:३१

काठमाडौं । झण्डै १६ रोपनीमा फैलिएको कुमारीपाटीको तः पुखु (पोखरी)मासेर अहिले व्यक्तिगत भवन ठडिएका छन् भने सार्वजनिक जग्गा चार आना पनि बाँकिी छैन । २०४६ सालसम्म पुरानै स्वरुपमा रहेको पोखरी २०५० मा नेपाल सरकारको नाममा आएको थियो ।

जसरी पाँच रोपनीमा फैलिएको प्रयाग पोखरीमा ललितपुर जिल्ला खेलकुद विकास समितिको भवन भन्यो । त्यसरी झुक्याएर, अनेक तिकड्म गरेर पोखरीको १६ रोपनी जग्गा रातो मत्स्येन्द्रनाथको तन्त्रविधिमा संलग्नहरुले आफुहरुको हक लाग्ने भनेर बाँडेर खाएको पूर्व मन्त्री एवं २१ वर्ष नगर प्रमुख चलाएका वुद्धिराज बज्राचार्यले बताए ।

पोखरी मास्नेमा बज्राचार्य स्वयं संलग्न भएको आरोप लागेकामा उनले नरपालिकालाई समेत झुक्याएर उक्त पोखरी मासिएको बताए । त्यतिबेला मालपोत र नापीका कर्मचारीहरुले बदमासी गरेको उनको जिकिर छ । नगरपालिकाका कर्मचारीलाई तलव खुवाउन पोखरी बेचेको कुरामा गोलमोटल जवाफ दिँदै उनले २०५४ सालमा आफु मेयर निर्वाचित हुनुअघि नै पोखरी कित्ताकाट गरे बाँडचुँड भइसकेको बीमापोष्टलाई बताए । क-कसको नाममा, कसरी पोखरी बाँडियो ? भन्ने सवालमा बज्राचार्यले ‘त्यो त मालपोत कार्यालयमा गएर रेकर्ड हरेपछि मात्रै थाहा हुने’ बताए ।

उद्यपि, २०५४ अघि पनि बज्राचार्य नै नगर प्रमुख थिए । पञ्चायतमा नगरप्रमुख अर्थात् प्रधानपन्च मनोनित गर्ने चलन थियो । मनोनित र निर्वाचितसहित २१ वर्ष बज्राचार्य नगर प्रमुख भए । उनीमाथि ऐतिहासिक सम्पदाहरु पोखरी, फल्चा, धारा तथा विहारहरु मास्न भूमिका खेलेको आरोप लाग्ने गरेको छ । तत्कालीन शाही शासक ज्ञानेन्द्रले गद्दी त्याग गर्दा ‘राजा’ नागार्जुन फर्किदा घर फर्किने मन्त्री थिए, बज्राचार्य । उनी १७ महिना संस्कृति पर्यटनमन्त्री भए । तर, मासिएका सम्पदाहरु फिर्ताका लागि पहल गरेनन् ।

अहिले भने उनले पाटनको कला, सँस्कृति र सम्पदाको संरक्षणार्थ ‘ललितपुर विकासका लागि समाज’ संस्था खडा गरेर काम गरिरहेका छन् । उनलाई सरकारले मात्रै झण्डै १ अर्ब बढी सहयोग गरिसकेको छ भने कुटनीतिक नियोकहरुले समेत नियमित सहयोग गरिरहेका छन् । बज्राचार्यले दाताको सहयोग लिएर ५-७ वटा वौद्ध विहार निर्माण गरेका छन् भने केही निर्माणधीन छन् ।

सम्बन्धित समाचार

कर्मचारीलाई तलब खुवाउने वहानामा बेचियो कुमारीपाटीको ऐतिहासिक पोखरी

One thought on “१६ रोपनीमा फैलिएको ऐतिहासिक पोखरीमाथि कसरी बने आलिशान महल ?

  1. कपिल शाही says:

    अाफु बच्नका लागि मालपोतले बदमासी गर्याे भनेका हुन, वहाँले थुप्रै थुप्रै धारा, लाेहिटि, पाटीपाैवा र सार्वजनिक जग्गा नगरपालिकाकाे बाेर्ड बैठकबाट निर्णय गराएर बेचेका थिए। काेटपाटी पनि ब्यापारीलाई जिम्मा दिएर अार्थिक अपचलन नखाेजाेकाे हैन तर सफल हुन सकेन, छानबिन गर्नै पर्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*