इसेवामा गम्भिर प्राविधिक समस्या, सेवाहरु अवरुद्ध हुँदा लाखौं ग्राहक मर्कामा

२४ बैशाख २०८१, सोमबार १५:२२

काठमाडौँ । इसेवाका सेवाहरु अवरुद्ध भएका छन् । कम्पनीको सेवामा आएको समस्याले लाखौ ग्राहकलाई मर्कामा पारेको हो ।

सोमबार अर्थात् बैशाख २४ गते दिउँसो देखि इसेवा सेवाहरु अवरुद्ध भएका हुन् । अबैध कारोबारको अखडा बनि रहेको इसेवाले दिने सेवा सुविधा गुणस्तरहिन बन्दै गएको छ ।अनलाइन जुवा सम्बन्धी कारोबारमा इसेवाको संग्लनता रहदै आएको कुरा बाहिर आउने गरेको छ ।ग्राहकहरुको विश्वनियता बढाउनु भन्दा इसेवा अवैध कारोबार तिरको सजिलो एप बन्दै गएको छ ।

बेटिङमा अवैध कारोबार गरी रहेको इ–सेवा क्रिप्टोजस्तो गैर कानुनी धन्दामा समेत संलग्न रहेको तथ्य बाहिर आउने गरेको छ ।पछिल्लो समय कम्पनीले दिने सेवाको गुणस्तर निरन्तर खस्किदै गएपछि ग्राहकहरु पनि कम हुँदै आइरहेका छन् ।

यसबारेमा कम्पनीले भने प्राविधिक कठिनाइको कारण दिएको छ । सरर्भरमा आएको समस्याले गर्दा सेवा अवरुद्ध भएको इसेवाका विष्णु पोखरलले बताए । उनले भने, ‘सर्भरमा आएको आएको केहि सामान्य समस्याका कारण सेवा अवरुद्ध हुन पुगेको हो । हामी छिटै समस्या समाधान गर्न तिर लागि रहेका छौ ।’

अनलाइन जुवाको अखडा बन्दै इ–सेवा, नियामक निकाय मूकदर्शक हुँदा मौलाउँदै गैर कानुनी धन्दा !

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*