९८ प्रतिशत नागरिक विद्युतको पहुँचमा
काठमाडौँ । सरकारले ९८ प्रतिशत नागरिकको पहुँचमा विद्युत पुगेको बताएको छ । आगामी आर्थिक वर्ष ०८१।८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
सरकारले विद्युतको सबै नागरिकमा सहज पहुँचका लागि आगामी दिनमा रोकिएको धेरै आयोजनालाई मर्मत सम्भार गरेर अगाडि बढ्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम दुवै सदनको संयक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम निर्धारण गरेको थियो ।