एनसेलद्वारा ‘सधै अन’ नामक नया सेवा सञ्चालन

२ जेष्ठ २०८१, बुधबार १४:०७

काठमाडौं । नेपालको सबैभन्दा ठूलो विदेशी लगानी भइको कम्पनी मध्येको एक एनसेलले फाइभजी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको छ । यससंगै अब ग्राहकहरुले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्याका झेल्नु पर्ने छैन ।

‘सधै अन’ नाम रहेको यस योजनाको मुख्य औचित्य भनेको नेपाली ग्राहकहरूलाई आफ्नो ब्यालेन्स खतम हुने डर नगरी डटा सधैं अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डोर्याउनु हो ।

‘उपभोक्ताका आवश्यकताहरू परिवर्तन हुँदैछन्, र धेरै मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्ना दैनिक कार्यहरू जस्तै किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरु अनलाइनबाटै गर्ने भएकोले उनीहरुलाई ‘सधै अन’ अर्थात अनलाईन बस्न इन्टरनेट धेरै आवश्यक छ।’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बीर कायुमोभले भने ।

नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकहरु सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुरयाउनु यो योजनाको अवधारणा रहेको छ । हाल चाही त्यो एनसेल होस वा नेपालका अरु सेवा प्रदायकका प्लानहरु हुन् इन्टरनेटमा कनेक्टेड रहदा ग्राहकहरुको जानकारी बिना स्मार्टफोनमा रहेका विभिन्न एप्सले डेटा उपयोग बापत ब्यालेन्स कटाइदिई रहेको हुन्छ ।

यहि समस्यालाई एनसेलले तत्काल समाधान गर्न चाहेको छ। ‘सधै अन’मार्फत एनसेल ग्राहकहरुका ब्यालेन्स खतम हुने समस्या समाधान गर्न प्रतिबद्ध रहेको र ग्राहकहरुका सुझावहरुलाई विषेश ध्यानमा राखेर डेटा प्याकहरुलाई सरल बनाउदै पाँच दर्जन बढि त्यस्ता डेटा प्याकहरुलाई २० वटामा झारेको छ ।

वास्तवमा यो योजनाको अझ ठूलो उद्देश्य भनेको नेपाली ग्राहकहरूलाई फाइभजीका लागि तयार पार्नु रहेको छ । ‘फाइभजी ताररहित प्रविधिको भविष्य हो र यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर कान्तिकारी परिवर्तन गर्नेछ । ६० वटा भन्दा बढी देशहरूमा यो प्रविधि पहिले नै आईसकेको छ। हामी चाहन्छौं भारतपछि नेपाल व्यावसायिक रुपमा फाइभजी संचालनमा ल्याउने दक्षिण एसियाको दोस्रो मुलुक बनोस् । तर त्यसका लागि हामीले एउटा महत्वपूर्ण पहिलो कदम चाल्नुपर्छ, र त्यो हो, प्रत्येक नेपालीले आफ्नो मोबाइल फोन उत्पादक रूपमा प्रयोग गर्न थाल्नुपर्छ, यसको मतलब, तपाईंको डेटा ’सधै अन’ हुनुपर्छ,’ कायुमोभले भने ।

फाइभजीको अर्थ केवल द्रुत इन्टरनेट मात्र होइन, यसको वास्तविक अर्थ भनेको अत्याधुनिक प्रविधिको परिचय गराउने क्षमता हो जसले कृषि, स्वास्थ्य शिक्षा, पर्यटन लगायतका क्षेत्रहरूको विकासमा महत्वपूर्ण प्रभाव पार्न सक्छ । यसले नै सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई मार्ग प्रशस्त गर्दछ ।

मोबाइल ब्रोडब्यान्ड स्पीडमा नेपाल अहिले विश्वको १०९ औं स्थानमा छ । सन् २०२६ सम्ममा नेपाल विश्वको शीर्ष ५० मा पर्न सफल होस् भन्ने चाहना एनसेलले राखेको छ। नेपाली मोबाइल फोन १० मध्ये २ प्रयोगकर्ताहरूको आवश्यकता र माग बढ्दै गए पनि दैनिक डेटाको उपयोग एकदमै न्यून छ जना मात्रै नेपालीले नियमित रूपमा मोबाइल डाटा प्रयोग गर्छन्। साथै, औसत प्रति ग्राहक प्रति महिना डाटा खपत मात्र ४ जीबी रहेको छ, जुन अन्य छिमेकी देशहरूको तुलनामा कम हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*