आन्तरिक माग बढ्न नसक्दा अर्थतन्त्रमा शितलता कायमै, बजेटको आकार नबढाउनु : अध्यक्ष ढकाल

२ जेष्ठ २०८१, बुधबार १४:१५

काठमाडौं । उधोग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल आन्तरिक माग बढ्न नसक्दा अर्थतन्त्र शितलता कायमै रहेको बताएका छन् । महासंघको आर्थिक वर्ष २०८१।०८२ को पूर्व बजेट अन्तक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वर्षमान पुनलाई उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अर्थतन्त्र सकारात्मक भए पनि आन्तरिक माग बढ्न नसक्दा अर्थतन्त्रमा शितलता कायमै रहेको छ । उत्पादन घट्दा अर्थतन्त्र माथि उठ्न सकेको छैन ।’

लगानी सम्मेलनले सकारात्मक सन्देश गएको अध्यक्ष ढकालले बताए । ‘लगानीको वातावरण बढाउन सरकारले केहि नियमले हामि खुसि छौ । निजि क्षेत्रको सरकार केन्द्रमा पनि हुनुपर्छ’ उनले भने ।

यस बर्ष बजेटको आकार नबढाउन अध्यक्ष ढकालले अर्थमन्त्री पुनसँग आग्रह गरेका छन् ‘राजस्वमा पनि निजि क्षेत्रलाई प्रभाव नपर्ने गरि अबको बजेट आउनु पर्छ । कृषि लगाानी दशकले हामिलाई खुसि मिलेको छ’ अध्यक्ष ढकालले भने, ‘निजि क्षेत्रको मनोवल बढाउन तिर सरकारको भुमिका हुनुपर्छ । राजनितिक अस्थिरताले पनि निजी क्षेत्रको व्यबसायमा प्रभाव पार्दै आएको छ । सरकारी मातहतका व्यक्तिलाई २ बर्ष सम्म सरुवा नगर्ने व्यवस्था मिलाइदिनु अनुरोध गर्दछु’ ।

मौद्रिक नीति र बजेटको तालमेल नमिल्दा अर्थतन्त्रमै संकुचन आएको अध्यक्ष ढकालको भनाई थियो । ‘मौद्रिक नीतिको तालमेल मिल्नुपर्छ । मौद्रिक निति खुकुलो हुनु जरुरी छ । मौद्रिक नितिले ब्यबसायमा सङ्कुचन आएको छ’ ढकालले भने ।

व्यवसायिहरुलाइ विधुत महसुलको ५० प्रतिशत छुट दिन समेत ढकालले आग्रह गरे । आन्तरिक उत्पादनमा जोड दिन सरकारलाई ढकालको आग्रह गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*