गाडिको आयातमा भन्सार शुल्कमा ५० प्रतिशत छुट दिन निजी क्षेत्रको माग

२ जेष्ठ २०८१, बुधबार १४:४४

काठमाडौँ । नेपाल उधोग वाणिज्य महासंघले अबको बजेट मार्फत नेपालमा एसेम्बल हुने अन्य गाडीहरुमा भन्सार शुल्कमा ५० प्रतिशत छुट दिन आग्रह गरेको छ । गाडिमा राजस्व वृद्धि गर्न हल्ला चलिरहेको बेला महासंघले भने भन्सार शुल्क छुटको माग गरेको हो ।

महासंघको आर्थिक वर्ष २०८१र०८२ को पूर्व बजेट अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष चन्द्र ढकालले भने, ‘नेपालमा एसेम्बल हुने अन्य गाडीहरुमा भन्सार शुल्कमा ५० प्रतिशत छुट तथा अन्तःशुल्कमा ५० प्रतिशत छुट हुनुपर्छ। यस्ता दिइएका छुटहरु कम्तीमा १५ वर्षको लागि स्थिर हुनु पर्छ।’

सबै किसिमका एसेम्बलिङ्ग उद्योगले आयात गर्ने अनएसेम्बल विद्युतिय सवारी साधनहरु (मोटरसाइकल, स्कुटर, रिक्सा, कार, जीप, भ्यान) को पार्टपुर्जा पैठारी गर्दा भन्सार महशुलमा ७५ प्रतिशत छुट हुनु अध्यक्ष ढकालको माग थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*