उर्जा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको २० प्रतिशत लगानी आवश्यक छ : इप्पान अध्यक्ष कार्की

३ जेष्ठ २०८१, बिहीबार १०:२२

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले अबको बजेट मार्फत बैंक तथा वित्तीय संस्थाले उर्जा क्षेत्रमा २० प्रतिशत लगानी अनिवार्य सर्त बनाउनु पर्ने बताएका छन् । ईमानद्वारा इप्पान र नाडासँगको सहकार्यमा आगामी आर्थिक वर्षको बजेटको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘बैंक तथा बित्तिय संस्थाले उर्जा क्षेत्रमा २० प्रतिशत लगानी गर्नु पर्ने गरि व्यवस्था हुनुपर्छ । ब्याज खाएर बस्ने संस्थालाई उर्जामा लगानी गर्ने तिर पनि सरकारले प्रोत्साहन गर्नुपर्छ।’

कार्कीले सरकारले स्वदेशी लगानिकर्ताको मनोवल उच्च बनाउनुपर्ने भनाई रहेको थियो । ‘सरकारले पहिलो कुरा स्वदेशी लगानिकर्ता लगानि योग्य वातावरण बनाउनु पर्छ । अनि मात्र विदेश लगानिकर्ता पनि बढ्छन् । सहज वातावरण बनाउद अर्थतन्त्र चलायमान हुनेछ । अबको बजेट पनि सोहि अनुसार आउनु पर्छ ।’ अध्यक्ष कार्कीले भने ।

‘अबको १० वर्षमा देशलाई कहाँ पुराउने भन्ने सोच्नु पर्छ । जलविद्युतमा नयाँ वातावरण तय भएको छ । अब उर्जा दशक घोषणा गर्नुपर्छ ।’ कार्कीले भने, ‘४ महिनादेखि हाम्रो समान भन्सारमा रोकिएर बसेका छन् । २ हजार ट्रक भन्सार रोकिएको छ । त्यो कुरामा सहज हुनुपर्छ । स्वदेश मै १३ हजार मेगावाट नेपाल भित्र नै खपत गर्ने योजना रहेको छ । पिपिए धेरै दिन रोक्नु हुदैँन अब पिपिए खोलेर जानु पर्छ।’

सेबोनमा अध्यक्ष नहुँदा उर्जाका थुप्रै काम रोकिएर बसेको उनले बताए । अबको बजेट कार्यन्वयन हुने आउनु पर्ने उनको तर्क थियो । ‘नीतिगत सुधार गर्नु पर्छ । भ्याट छुट दिने तिर पनि सरकारले हेर्नुपर्ने छ।’ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*