नीति भन्दा नियत सुधार हुनुपर्छ : सांसद खड्का

३ जेष्ठ २०८१, बिहीबार १०:४६

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा पूर्वराज्यमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेटमा नीति भन्दा नियत सुधार गर्न अनावश्यक रहेको बताएका छन् । ईमानद्वारा इप्पान र नाडासँगको सहकार्यमा आगामी आर्थिक वर्षको बजेटको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले अधिकांश समयमा बजेट ल्याउदा नीति एकातिर र बजेट अर्कोतिर भएको बताएका हुन् ।

उनले भने, ‘नीति हैन नियत सुधार गर्न अनावश्यक रहेको छ । सरकार भन्ने र आश्वासन दिने तर काम नगर्ने गतिबिधि देखिएको छ । विधुत् उत्पादन गर्नमा सरकर लागेको देखिदैन । यसमा ढिलाइ चाहिँ पक्कै भएको हो।’

सबै क्षेत्रका विषयलाई छुट दिनमा कति सहज हुन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने उनको भनाई रहेको छ । ‘राज्य छ भन्ने अनुभुती दिलाउन नसक्दा सबै क्षेत्रमा समस्या आएको छ । बजेटले नागरिकको समस्या सम्बोधन गर्नु पर्ने छ। ’ उनले भने । उर्जा क्षेत्रको भविष्य सुनौलो रहेको भन्दै सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*