सुनको मुल्यले बनायो फेरी रेकर्ड, तोलाकै १ लाख ४० हजार रुपैयाँ

३ जेष्ठ २०८१, बिहीबार ११:०३

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा दुई हजार रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४० हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

कारोबारको अघिल्लो दिन छापावाला सुनको मूल्य एक लाख ३८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३७ हजार ७५० रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*