अबको बजेटले नीतिगत अस्थिरता चिर्छ, लगानीयोग्य वातावरण सिर्जना हुनेमा ढुक्क छौं : अर्थ सचिव मरासिनी

३ जेष्ठ २०८१, बिहीबार ११:२६

काठमाडौं । अर्थ सचिव मधु मरासिनीले अबको बजेट नीतिगत अस्थिरतालाई चिर्ने किसिमको आउने बताएका छन् । ईमानद्वारा इप्पान र नाडासँगको सहकार्यमा आयोजित आगामी आर्थिक वर्षको बजेटको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले बजेटले नीतिगतर अस्थिरता चिर्ने बताएका हुन् ।

उनले भने, ‘अबको नीति, बजेट मौद्रिक नीति अस्थिरता चिर्न हिसाबको आउँछ । निजि क्षेत्रलाई पोलिसि सपोर्ट गरेर अर्थतन्त्र सुधार हुनुपर्ने सरकारको दायित्व हो । नितिगत स्थिरता कायम राख्नु सरकार सकारात्मक छ।’

पोलिसिले समस्या समाधान भएर अबको बजेट आउनेमा ढुक्क हुन उनको आग्रह छ । ‘पोलिसीमा रहेको समस्या परिमार्जन हुन्छ । ढुक्क हुनुहोस् । इप्पान र अटो सेक्टर सरकारको पाङ्ग्रा हो । उर्जा देशको अर्थतन्त्रको मुख्य आधार हो ।उर्जा रहेका समस्या समाधान गर्न सरकार छलफलमा छ।’ अर्थसचिव मरासिनीले भने ।

पुरानै हुँदा राजस्व संकलनमा कमि आएको मरासिनीले बताए । ‘राजस्व सोचे अनुरूप आइरहेको छैन । पुरानै सिस्टमले राजस्व संकलन हुँदा कमि आएको हो । अब नयाँ सिस्टम आउनुपर्छ।’ उनले भने, ‘सोचे अनुसारको आर्थिक बृद्धि तिर बजेटको ध्यान छ ।अर्थतन्त्र चलायमान बनाउन सरकार सधै अग्रसर भइरहेको छ।’

९८ प्रतिशत नागरिकको विधुतको पहुँचमा पुग्नु खुसिको विषय भएपनि थप गुणस्तरिय बनाउनु पर्ने उनको भनाइ छ । ‘उर्जामा नयाँ फड्को आएको छ । अब थप गुणस्तरीय बनाउनु पर्छ।’ उनले भने ।

अटो क्षेत्रको समस्या समाधान हुँदै जाने मरासिनीको तर्क रहेको छ ‌। उनले भने, ‘अटो क्षेत्रमा कुनै बेला सङ्कुचन आएको थियो । कोरोनाको बेला अटो क्षेत्रमा केहि असहजता आएको हो । अहिले सुधार हुँदैछ । सधैं समस्या भइरहने छैन।’

बाधक नीति फुकुवा गर्ने अर्थ सचिव मरासिनीले सम्बन्धित निकायलाई निर्देशन दिए । ‘उर्जाको समान भन्सारमा रोकिएर बसेको छ भन्ने छ । यो कार्यमा सहजिकरण हुनुपर्ने । म सम्बन्धित निकायलाई भन्न चाहन्छु यसमा रहेका वाधक नीति फुकुवा गर्नुहोस् । के समस्या छ मन्त्रालय आउनुहोस्। हामि सहजिकरण गर्ने छौं।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*