प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘नयाँ जलविद्युतका लागि छिट्टै पीपीए खुल्छ’

३ जेष्ठ २०८१, बिहीबार १२:५१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले नयाँ जलविद्युतका लागि छिट्टै पीपीए खुल्ने बताएका छन्।इकोनोमिक मिडिया एसोसियसनद्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले पीपीए खोल्ने विषयमा प्राधिकरण सकरात्मक रहेको र अहिले १० हजार मेगावटको लागि पीपीए खोल्ने तयारी भएको जानकारी दिए । उनले भने, ‘पीपीए खोल्ने विषयमा प्राधिकरण सकारात्मक छ । छिटै नै अन्य जलविद्युतको पनि पीपीए खुल्छ । अहिले १० हजार मेगावट को लागि पीपीए खोल्ने र नयाँ आयोजनाको लागि पीपीए खोल्ने काम भएको छ । निजी क्षेत्रको साथमा प्राधिकरण छ । सोलरबाट विधुत् उत्पादन उत्पादन थप्दै जान्छौं ।’

ईभीको प्रमोसनले एक दमै राम्रो पिकअप लिइरहेको बताए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*