ग्राहकको पहिलो रोजाईमा शिवम् सिमेन्ट, पछिल्लो ४२ महिनामा ३० अर्बको व्यापार

३ जेष्ठ २०८१, बिहीबार १४:१३

काठमाडौँ । शिवम् सिमेन्टले आफ्नो ब्यवसाय वृद्धिमा आक्रामक बन्दै गएको छ । देशमा चलेको आर्थिक मन्दि तथा निर्माण ब्यवसायमा आएको सुस्ततामा पनि कम्पनीले आफ्नो व्यापारमा निरन्तर फड्को मार्दै आइरहेको हो । स्वदेशी बजार सुस्त रहेको बेला कम्पनीले छिमेकी बजार भारत बिस्तार गरेको आफ्नो सिमेन्टले गर्दा व्यापारमा आकर्षक रुपमा वृद्धि भएको हो ।

नेपाली बजारमा पनि ग्राहकहरुको पहिलो रोजाईमा पर्दा कम्पनीको आम्दानी सबल देखिएको छ । इक्रा नेपालका अनुसार कम्पनीले पछिल्लो ४२ महिना ३० अर्ब १४ करोड ८० लाख रुपैयाँको ब्यापार गरेको छ । यसबीचमा आर्थिक मन्दिले अधिकांश ब्यवसायमा आएको खराबीमा पनि कम्पनीले उत्कृष्ट ब्यापार गरेको हो ।

कम्पनीले सबैभन्दा बढी सन् २०२१ मा ९ अर्ब ६१ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा ९ अर्ब २६ करोड रुपैयाँ र सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँको ब्यापार गरेको देखिन्छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले ३ अर्ब ५२ करोड रुपैयाँको ब्यापार गरेको इक्रा नेपालले जनाएको छ ।

२०६० सालमा प्राइभेट कम्पनीको रूपमा हेटौँडामा स्थापना भएको शिवम् सिमेन्ट २०६७ पछि भने व्यावसायिक उत्पादनमा सक्रिय बनेको हो । उत्पादनको सुरुवातमा प्रतिदिन ७ सय टन सिमेन्ट र १२ सय टन क्लिङ्कर उत्पादन गरेको उद्योग २०७२ सालमा आएर पब्लिक कम्पनीमा परिणत भयो । शिवम् सिमेन्टमा ६ वटा कम्पनीहरु लक्की ग्रुप, सारदा ग्रुप, जेबी मारु ग्रुप, एचआर गोयल ग्रुप, देवेनरा ग्रुप र भिमसरिया ग्रुपको संयुक्त लगानी छ ।

सञ्चालक समितिका अध्यक्ष गौरव गोयल छन् भने उत्पादन प्रमुख नवल किशोर चौधरी हुन् । सिमेन्ट भारतीय गुणस्तर चिन्ह बीआईएस प्रमाणपत्र प्राप्त गरेको कम्पनी हो ।  साथै नेपालमै उत्कृष्ट सिमेन्टको प्रमाणपत्र (आईएसओ) पनि प्राप्त गरेको छ ।

चाइनाको प्रख्यात सिमेन्ट उत्पादक कम्पनी होङ्सीलाई नेपालमा भित्र्याउन सफल शिवम् सिमेन्टले आफ्नो २६ दशमलव ४ प्रतिशत अर्थात ३ अर्ब ३६ करोड सेयर होङ्सीमा लगानी गरेको छ । नवलपरासीमा सञ्चालित होङ्सीमा अन्य सहायक कम्पनीमार्फत शिवमले संयुक्त लगानी गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*