सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिल्दा बैठक सर्यो

३ जेष्ठ २०८१, बिहीबार १५:३६

काठमाडौं । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समिति बनाउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिल्दा प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ।

अहिले बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेससँग कुरा नमिल्दा चार बजेलाई सारिएको संसद सचिवालयले सूचना जारी गर्दै जानकारी गराएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेसहित शीर्ष तहका नेताहरू सदनको गतिरोध हटाउन छलफलमा जुटेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*