यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण ५ निर्णय

३ जेष्ठ २०८१, बिहीबार १५:३८

काठमाडौँ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण ५ निर्णय गरेको छ । सरकारले जलवायु परिवर्तनअनुकूलन कार्यक्रम कार्यन्वयनका निम्ति फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

बैठकबाट नेपाल प्रशासन सेवा समूहीकरणअन्तर्गतको राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा लोकनाथ पौडेललाई बढुवा गर्ने निर्णय पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । पौडेल हाल मधेस प्रदेशको कायममुकायम सचिवका रूपमा कार्यरत छन् ।

यस्तै, नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गत राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा राजेन्द्रप्रसाद पौडेललाई बढुवा गर्ने निर्णय गरिएको छ ।

नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा। डा। लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरिएको उनले बताइन् ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय समेत मन्त्रिपरिषद्को बैठकबाट गरिएको सञ्चारमन्त्री शर्माले जानकारी दिइन् । खड्का यसअघि पनि सो समितिको अध्यक्ष थिइन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*