नागरिकमैत्री बन्दै राष्ट्रिय सूचना आयोग, यस्ता छन् ३ महिनामा गरेका प्रमूख कार्य

३ जेष्ठ २०८१, बिहीबार १७:१५

काठमाडौं । राष्ट्रिय सूचना आयोगले चालु आर्थिकको फागुन, चैत र बैशाख महिनामा सम्पादन भएका कार्यहरु सार्वजनिक गरेको छ । विभिन्न सामुदायिक कार्य गरी आयोगले आम नागरिकहरुलाई सही सूचना प्रवाह गर्दै आएको छ ।

राज्यका कामकारबाही लोकतान्त्रिक पद्धति अनुरूप खुला र पारदर्शी बनाई नागरिक प्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वका सूचनामा आमनागरिकको पहुँचलाई सरल र सहज बनाउने उद्धेश्यले स्थापित राष्ट्रिय सूचना आयोगले नेपालको संविधानको धारा २७ मा व्यवस्था भएको नागरिकको सूचना माग गर्ने र प्राप्त गर्ने अधिकारको संरक्षण, सम्बर्द्धन र प्रचलनमा मुख्य भूमिका निर्वाह गर्दै आएको छ ।

राष्ट्रिय सूचना आयोगले फागुन ३० गते गुल्मीका जिल्लास्थित कार्यालय प्रमुख, सूचना अधिकारी लगायतहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो । यसैगरी फागुन २९ गते रोल्पा नगरपालिकामा र चैत १ गते शीतगंगा नगरपालिकामा स्थानीय तहका जनप्रतिनिधि, समूदाय एवं समूहरूसँग सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमहरुमा प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरूङ्गले सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा कार्यालय प्रमुख, सूचना अधिकारी, सञ्चारकर्मी लगायत सर्वसाधारणसँग अन्तरक्रिया छलफल गरिएको छ ।

त्यस्तै, आयोग आयोजनामा मिति २०८० फागुन ६ गते वीरगञ्जमा महिला सशक्तिकरण कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा सूचना आयुक्त कमला ओलीले भाग लिनु भएको थियो । त्यसैगरी मिति २०८०।१२।०९ मा उच्च अदालत, पाटनका माननीय न्यायाधीशहरुसँग सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । मिति २०८०।१२।२५ मा सूचनाको हक कार्यान्वयनमा महासंघहरुको भूमिका विषयक अन्तरकिया कार्यक्रम सञ्चालन गरेको छ । आयोगको १७ औं स्थापना दिवस यही बैशाख २२ गते सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रम गरी आयोजना गरेको छ ।

कार्यक्रममा विनय कसजु उत्कृष्ट अभियान्ता पुरस्कार पाउने ४ जना उत्कृष्ट सूचना अधिकारी ५ जना र आयोगमा रही उत्कृष्ट कार्य गर्ने ४ जना कर्मचारीलाई राष्ट्रपतिबाट पुरस्कार वितरण गरेको छ । सूचनाको हकसम्बन्धी कानूनी व्यवस्थालाई धेरै नेपालीहरु माझ पुयाई प्रयोग गर्न प्रोत्साहित गर्न १७औं स्थापना दिवसका अवसरमा आयोगद्वारा प्रकाशित सूचना मागकर्ताको लागि मैथली, भोजपुरी, अवधि र थारु गरी ४ भाषामा प्रकाशित सहयोगी पुस्तिकाहरु सार्वजनिकीकरण भएको छ ।

मधेश र लुम्बिनी प्रदेशमा सूचनाको हकसम्बन्धी अध्ययन र आरटिआई अडिट गर्ने कार्यक्रम रहेको छ । साथै १४ वटा युवा प्रशिक्षण कार्यक्रम पनि सिघ्र सञ्चालन गर्ने गरी अगाडि बढेको छ । आयोगका आयुक्त कमला ओली मिति यही बैशाख २६ गते काठमाडौं महानगरपालिकाको आयोजनामा गरेका सूचनाको हकसम्बन्धी कार्यक्रममा सहभागिता जनाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*