कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएपछि आजका लागि प्रतिनिधि सभा बैठक स्थगित

३ जेष्ठ २०८१, बिहीबार १८:१८

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच धकेलाधकेल भएपछि आजका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो । अब बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेस सांसद धनराज गुरुङ आक्रामक रूपमा प्रस्तुत भएका थिए । सो पश्चात कांग्रेस र एमाले नेताबीच धकलाधकेल भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*