शुक्रबार कतिमा कारोबार हुँदैछ सुन ?

४ जेष्ठ २०८१, शुक्रबार १०:४०

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहिबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आज तोलामा ७०० रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*