डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

४ जेष्ठ २०८१, शुक्रबार १४:३२

काठमाडौँ, जेठ ४। यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको च्याम्पियनसिप सिरिजको फाइनल रेसमा आइएमई पे एप मार्फत टिकट खरिद गर्न मिल्नेभएको छ ।

एलिट तथा ओपन वर्गमा हुने रेसहरूमा विजेताहरूले क्रस फायर ट्राकर २५० डर्ट मोटरसाइकल र टिमसन एमएक्स रेसिङ टायर्स् जित्नेछन् भने दुवै वर्गका शीर्ष दाबेदारहरूले एसर्बिस् रेसिङको उत्कृष्ट गियरहरू जित्नेछन् ।

उक्त डर्ट बाइक रेसिङ सगसगै यस कार्यक्रममा दीपक बज्राचार्य र रिदम ब्यान्ड, सुदेश्ना सेन, अब्लिभियस ब्यान्ड, देवेन्द्र बब्लु एन्ड द फिरन्ते लगायतका कलाकारहरूको
साङ्गीतिक प्रदर्शनी पनि रहेको छ ।

उक्त कार्यक्रममा बिभिन्न सांगितिक ब्यान्डहरू सँगै ,मोटोक्रस प्रतिस्पर्धा, लाइभ सङ्गीत प्रदर्शन र धेरै उपहारहरूले भरिएको एड्रेनालाईन( पम्पिङ दिनको निम्ती टिकटहरु आइएमई पे एपमा रु। ५०० मा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*