प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

४ जेष्ठ २०८१, शुक्रबार १५:२१

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक आज विहान ११ बजेको लागि बोलाईएको थियो । तर, दलहरुबीच सदनको अवरोध हटाउने विषयमा द्धिपक्षीय र बहुपक्षीय छलफल भएको थियो ।

त्यसपछि संसद् सचिवालयले बैठक २ बजेसम्मको लागि स्थगित् गरेको थियो । तर, २ बजे बस्ने भनिएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित् गरिएको छ । अब अर्को बैठक आइतबार विहान ११ बजेको लागि बोलाईएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आजै साँझ ६ बजे कांग्रेसका नेताहरुसँग छलफल गर्ने भनिएको छ  ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*