मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

४ जेष्ठ २०८१, शुक्रबार १७:२२

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो।

मौजुदा मन्त्रिपरिषदमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हसिना खानबाहेक सबै सदस्यहरूको सम्पत्ति विवरण प्राप्त भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम मन्त्री डिपी अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन पत्र नै पठाएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*