बढ्यो घरजग्गा कारोबार, ३ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन

४ जेष्ठ २०८१, शुक्रबार १८:४३

काठमाडौं । चालू आर्थिक वर्षको वैशाख महिनामा घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख महिनामा १७.२४ प्रतिशतले घरजग्गाको कारोबार बढेको हो ।

गत वर्ष वैशाखमा देशभर ४२ हजार ४६१ वटा लिखतपारित भएका थिए । उक्त संख्या यसपटक बढेर ४९ हजार ७८२ पुगेको विभागको तथ्यांकमा जनाइएको छ । चालु आर्थिक वर्षको फागुन र चैतको तुलनामा भने घरजग्गाको कारोबार केही घटेको देखिन्छ । फागुनमा ५० हजार ९९८ वटा र चैतमा ४९ हजार १५० वटा कारोबार भएका थिए ।

यस्तै, वैशाख महिनामा चैत्रमा ४ हजार ५९ वटा नामसारी, ३२ हजार ४३९ वटा जग्गा रोक्का र २६ हजार ८४ वटा जग्गा फुकुवा भएको पनि विभागको तथ्याङ्कले देखाएको छ।

गत वैशाखको तुलनामा जग्गाको कारोबारबापत संकलन हुने राजस्व २४.४४ प्रतिशतले बढेको छ । गत वर्षको वैशाखमा ३ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन भएको थियो । यो अवधिमा भने ३ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*