आइतबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

६ जेष्ठ २०८१, आईतवार १०:५०

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

सुन आज तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । साताको पहिलो दिन छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको पनि ११० रुपैयाँले बढेको छ । । चाँदी तोलामा १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*