सरकारी जग्गा हिनामिना गर्ने आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड ६ लाख रुपैयाँ बिगो दाबी

६ जेष्ठ २०८१, आईतवार १७:२५

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार मोलपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली, नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्दसमेत ८ जनाविरुद्ध गैरकानूनी रुपमा व्यक्ति विशेषलाई लाभ पुर्याइ राज्यलाई हानी पुर्याएको दाबी गर्दै मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नं ९०८ को क्षेत्रफल १५ बिगाह सार्वजनिक जग्गा २०६८ सालमा व्यक्तिको नाममा पुर्याएको दाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो। उक्त जग्गा फिल्डबुकमा जंगल जनिइसकेर सरकारी सार्वजनिक प्रकृतिको जग्गा भए पनि गैरकानुनी रुपमा कित्ताकाट गरी व्यक्तिको नाममा नामसारी भएको थियो।

आयोगले सरकारी जग्गा व्यक्तिका नाममा गर्दा २४ करोड ६ लाख ६९ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ । अख्तियारले उनीहरू सबैसँग २४ करोड ६ लाख ६९ हजार रुपैयाँ बिगो दाबी गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*