कनेक्ट आइपीएसमार्फत जीवन बीमाको प्रिमियम भुक्तानी गर्नेहरुका लागि आकर्षक अफर
६ जेष्ठ २०८१, आईतवार १८:४५

काठमाडौँ। कनेक्ट आइपीएसमार्फत जीवन बीमाको प्रिमियम भुक्तानी गर्नेहरुका लागि आकर्षक अफर ल्याइएको छ ।कनेक्ट आइपीएसले हरेक साता १० जनालाई १/१ हजार रुपैयाँ नगद फिर्ता दिने अफर ल्याएको हो ।
मासिक १ जनाले ४० हजार रुपैयाँसम्म प्रिमियम रकम फिर्ता पाउनेछन्। यो अफर आइतबारदेखि लागू भएको छ।
आगामी साउन ३२ गतेसम्म अफर लागू हुने कम्पनीले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
कम्पनीका अनुसार नगद फिर्ता पाउने विजेता लक्की ड्र मार्फत छानिनेछन् । विजेताको नाम नेपाल क्लियरिङ हाउसको वेभसाइटमा राखिनेछ ।












