बाख्रा पाल्नेहरूलाई सदनबाट बाहिर पठाउन गृहमन्त्रीको लामिछानेको माग

६ जेष्ठ २०८१, आईतवार १८:५१

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाख्रा पाल्नेहरूलाई सदनबाट बाहिर पठाउन माग गरेका छन् । प्रतिनिधि सभामा उठेको प्रश्नहरुको जवाफ दिर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम नतोकी उक्त कुरा बोलेका हुन् ।

यसअघि संसदमा थापाले दोहोरो नागरिकता बोक्ने र सहकारीको रकम अपचलन गर्नेहरूलाई सदनबाहिर पठाएर छानबिन र निर्दोेष भए माला लगाएर स्वागत तथा दोषी भए कारबाही गर्न माग गरेका थिए । सो कुराको जवाफमा लामिछानेले सरकारको अनुदान लिएर कुखुरा, माछा, खसीबाख्रा पाल्नेलाई सदनबाहिर पठाउन माग गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*