कांग्रेसले आफूलाई डेढ वर्ष प्रधानमन्त्री बन्न अफर गरेको गृहमन्त्री लामिछानेको खुलासा

६ जेष्ठ २०८१, आईतवार १८:४८

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले गृहमन्त्री बन्नुभन्दा अघिल्लो रात आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको र आफूले नमानेपछि भोलीपल्टदेखि संसद् बन्द गरेको बताएका छन् । उनले सो प्रस्ताव नगरेको भन्न सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् ।

साथै, उनले डडेल्धुराको दैविक शक्तिले भरिपूर्ण रहेको घटाल थानमा आफुले दर्शन गरेको मौका मिलेको र सोही थानलाई आत्मसाथ गर्दै पूर्व प्रधानमन्त्री देउवालाई आफुले प्रधानमन्त्री अफर नगरेको पुष्टि गर्न चुनौति दिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*