भ्रष्टाचारको साक्षी बस्दै आएकाहरूको गनगनले देश नचल्ने गृहमन्त्रीको चेतावनी

६ जेष्ठ २०८१, आईतवार १८:५१

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको साक्षी बस्दै आएकाहरूको गनगनले देश नचल्ने बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सहकारी अपचलनबारे उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले दुई महिनाअघि बोल्न पाएको भए यति धेरै कोलाहल नहुने बताएका हुन्।

‘सुरुमा बोल्न पाएको भए ९ मिनेट १८ सेकेन्डमै सकिन्थ्यो। यहाँ बोल्न विधेयक होइन पत्रिकाका हेडलाइन पढ्नुपर्ने रहेछ१ आश्चर्यको बोल्न दिने वा नदिने लोकतान्त्रिक पार्टीले निर्णय गर्ने रहेछ। लोकतन्त्रको कुन अभ्यास हो,’ उनले भने।

उनले गोरखा मिडिया नेटवर्कमा काम गर्दा आफूले स्वेड सेयर लिएको र पछि छाडेर हिँडेको बताए।

‘स्वेड सेयर लिएर काम गर्ने निधो गरेँ। छोड्दा सेयर पनि छोडेँ। गोरखा मिडिया नेटवर्कमा सदस्यसमेत नभएको मानिसको कारोबारमा जोडिने कुरा भएन। मेरो संलग्नता कहीँ कतै छैन र देखिएन। त्यसकारण कहीँ कतै ममाथि मुद्दा चलेन, अभियोजना भएन,’ उनले भने।कांग्रेस सत्तामा हुँदा प्रमाण खोज्न न्वारानदेखिको बल लगाएको पनि बताए।

जसरी पनि खोज भनेर दबाब दिनेहरू पनि यहीँ कतै हुनुहोला। यही सदनको लास्ट सिट हुँदै फ्रन्ट सिटसम्म आइपुग्दा भ्रष्टाचारको सबै कान्डको साक्षी बसेर ठूलो स्वर गर्नेहरूलाई हेक्का होस् देश तपाईंहरूको गनगनले चल्दैन१,’ उनले भने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*