सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न कति चाहिन्छ रकम ?

७ जेष्ठ २०८१, सोमबार १०:३५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेकोछ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४१ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*