चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, संसद अवरोध गर्ने काँग्रेसको चेतावनी

७ जेष्ठ २०८१, सोमबार १०:४६

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदैछन् । नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको अहिले बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।

नेपाली काँग्रेसले भने सहकारी ठगी प्रकरणमा छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिने बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*