३१ लाख ९९ हजार पर्ने विलिङ बिंगो इभी नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

७ जेष्ठ २०८१, सोमबार ११:०६

काठमाडौँ । प्यारामाउन्ट मोटर्सले विलिङको बिंगो मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ। चिनियाँ लगानीको इन्डोनेसियाली ब्रान्ड विलिङको बिंगो प्यारामाउन्ट मोटर्सले नेपाली बजारमा बिक्री गर्ने भएको हो।

नक्सालमा शोरुम खोल्दै कम्पनीले बिंगोको मूल्य ३१ लाख ९९ हजार सुरुवाती मूल्य तोकेको छ। हचब्याग सेगमेन्टको बिंगोमा ३१।९ किलोवाट आवर ब्याट्री छ। एक पटकको चार्जमा ३३३ किलोमिटरसम्म गुड्छ। मोटर पावर ४९ किलोवाट छ। गाडीको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ।

उत्पादन भएको ६ महिनामै डेढ लाख गाडी बिक्री भइसकेको कम्पनीले बताएको छ । बिंगोमा कम्पनीले ८ वर्ष वा १ लाख २० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*