कांग्रेसको नाराबाजी पछि संसद बैठक १५ मिनेटका लागि स्थगित

७ जेष्ठ २०८१, सोमबार ११:४५

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा आज पनि अवरोध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन बसेको बैठक पनि कांग्रेसले अवरोध गरेको हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय समिति बनाउनुपर्ने कांग्रेसको भनाइ छ।

कांग्रेसको नाराबाजीपछि १५ मिनेटका लागि बैठक स्थगित भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*