हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु

७ जेष्ठ २०८१, सोमबार १३:३७

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्रीको मृत्यु भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । इरानको सरकारी टेलिभिजनका अनुसार ६३ वर्षीय राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको जनाएको छ ।

राष्ट्रपति राईसीको हेलिकोप्टर आइतवार दुर्घटनाग्रस्त भएपनि सोमवार भग्नावशेष भेटिएपछि उनको मृत्यु भएको पुष्टि भएको हो । उनको हेलिकप्टर आइतबार साँझ करिब ७ बजे अजरबैजानबाट फर्किने क्रममा बेपत्ता भएको थियो । विमानमा राष्ट्रपतिसँगै विदेशमन्त्री हुसेन अमीराब्दुल्लाहियान सहित ९ जना सवार थिए ।

उक्त दुर्घटनामा इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान र हेलिकप्टरमा सवार अन्य व्यक्तिको पनि मृत्यु भएको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*